site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ महिला च्याम्पियनसिपः बंगलादेशविरुद्ध भिड्दै भारत
SkywellSkywell

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज समूह चरणकै सबैभन्दा प्रतिक्षित खेल हुँदै छ । प्रतियोगितामा आज साविक विजेतासमेत रहेको बंगलादेशले प्रतियोगिताको सबैभन्दा सफल टिम भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

बंगलादेशविरुद्ध मैदान उत्रिँदा भारत यसअघि गत संस्करणको समूह चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । यसअघि सन् २०२२ मा दशरथ रंगशालामै भएको प्रतियोगितामा भारतविरुद्ध बंगलादेशले ३–० को जित निकालेको थियो । सोही संस्करणको फाइनलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले प्रतियोगिताको उपाधि चुमेको थियो । यो साफको इतिहासमा बंगलादेशले जितेको पहिलो उपाधि थियो ।  

KFC Island Ad
NIC Asia

त्यसअघिका पाँच संस्करणमा सबै उपाधि भारतले जितेको थियो । आज यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजेदेखि सुरु हुनेछ । 

आजको खेलको नतिजाप्रति समूह ‘ए’मा पाकिस्तानको पनि चासो रहनेछ । भारतले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको थियो । बंगलादेश भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको थियो । यसकारण एक अंक जोडेको पाकिस्तानले पनि सेमिफाइनल पुग्ने झिनो आशा बोकेको छ । 

आजको खेलमा भारतले बंगलादेशलाई ३–० को अन्तरले पराजित गरे साविक विजेतालाई पछि पार्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह ‘ए’ मा तीन अंक जोडेको भारत शीर्ष स्थानमा छ । समान एक अंक जोडेको बंगलादेश र पाकिस्तान भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro