काठमाडौं । मोडल हन्ट नेपालको नवौँ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुला भएको जनाएको हो । प्रतियोगितामा सहभागिका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्नेछ ।
आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ वर्ष हुनुपर्ने प्रावधान छ ।
प्रतियोगिताको प्रारम्भिक चरणको अडिसन नेभेम्बर २२ (मंसिर ७)गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगिलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् ।
प्रतियोगितामा विजेताले पाँच लाख बराबरको पुरस्कारसँगै अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।