site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समिति सभापतिका गुनासा : बैठक बस्न कोरम पुगेन, चिया खुवाउन पैसा 

काठमाडौं । संसदीय समितिका सभापतिहरूले बैठक राख्न कोरम नपुगेको गुनासो गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको समिति सभापति र प्रमुख सचेतकको बैठकमा त्यस्तो गुनासो पोखेका हुन् । 

बैठकमा पाँचवटा समितिका सभापति उपस्थित थिए । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिका सभापति अब्दुल खानले सांसदहरू निर्वाचन क्षेत्रमा पुग्नुपर्ने अवस्थाले बैठक बस्न कोरम नपुगेको बताए ।

“सबै सभापतिहरूको कुरा कोरम पुगिरहेको छैन भन्ने थियो । सदनको बैठक नहुँदा माननीयहरू गृहजिल्ला जानुहुन्छ । त्यसकारण समितिको बैठक बस्न अफ्ठ्यारो छ,” सभापतिहरूको धारणाबारे उनले भने । 

सभापतिहरूले कोरम पुर्याउन दलहरूलाई सहजीकरण गर्न आग्रह गरेका छन् । समितिको बैठक बस्दा चिया, खाजाको व्यवस्था गर्न अफ्ठ्यारो भएको सभापतिहरूको गुनासो छ । 

“बैठक बस्दा समेत चिया–नास्ताको व्यवस्था गर्न समेत समितिलाई अफ्ठ्यारो हुन्छ । सांसदहरू र सरोकारवालाहरूलाई चिया–नास्ता दिनसक्ने अवस्था छैन । यो समस्याको समाधान गरिनुपर्दछ,” खानले भने । 

सभामुख देवराज घिमिरेले बाँकी रहेका विधेयक आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् । “कुन समितिमा के विधेयक छ ? त्यो पास गर्नलाई के समस्या छ ? अहिलेसम्म कति काम भएको छ र कति दिनमा पास गर्न सक्छौँ भन्ने सभामुखको जिज्ञासा छ,” खानले भने, “आगामी अधिवेशनमा सबै विधेयक पेस गर्न निर्देशन दिनुभएको छ ।”

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलगायत सहभागी थिए । 

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दफावार छलफलका लागि विधेयक रहेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro