site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानको कार्यवाहक मेयरको जिम्मेवारी पाएका वडाध्यक्षले टेरेनन् अदालतको आदेश

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी पाएका लोकेन्द्रकुमार फागोले अदालतको आदेशविपरीत कार्यसम्पादन गरेका छन् ।

आइतबार उच्च अदालत विराटनगरले कार्यवाहकरूपमा काम नगर्न आदेश दिएको थियो । तर, सोमबार उनले मेयर हर्क साम्पाङको कार्यादेशअनुसार कार्यवाहककै जिम्मेवारीमा काम गरेका हुन् ।

मेयर साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्ष फागोलाई नियमविपरीत कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको थियो ।

"कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेशसम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिकाको मिति २०८१/६/२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू," अदालतको आदेशमा उल्लेख छ ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको जनाइएको छ ।

मेयर साम्पाङले वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएर उनले गर्ने कामसमेत तोकेको थिए । उनले दैनिक अधिकतम पाँचहजार रुपैयाँमात्र आर्थिक सहयोग खर्च गर्न पाउने, कार्यपालिका बैठक नबोलाउने, खानेपानी महसुल वृद्धि विरोधमा दलहरूको आन्दोलनको क्रममा तोडफोड भएको गेट र नगरपालिकाको बोर्ड तत्काललाई मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

कार्यवाहक मेयर नातामा साम्पाङका मामा ससुरा हुन् । मेयर साम्पाङ बेलायत गएपछि फागोलाई कार्यवाहक तोकेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro