site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माहोल थप उत्तेजित बनाइरहेका रवि, पानीको फोहोरा र अश्रुग्याससँग नडराउने कार्यकर्ता !
SkywellSkywell

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा केही पुर्पक्षका लागि थुनामा छन्, केही प्रहरीको हिरासतमा । सहकारी ठगी प्रकरणमा मुछिएका छविलाल जोशीलाई शुक्रबारमात्रै प्रहरीले अनुसन्धानका लागि २० दिनको म्याद थपेको छ । छवि जसरी नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका हुन् ।

उनलाई शुक्रबार जिल्ला अदालत कास्कीले पक्राउ गर्ने अनुमति दिएपछि शुक्रबार नै रातारात कास्की ल्याइएको थियो ।

कानुनी प्रक्रियालाई सघाउँछु भन्ने उद्घोष गरेर प्रहरीको गाडीमा चढेका रविको बोली चाहिँ आइतबार जिल्ला अदालत कास्कीमा आइपुग्दा फेरिएको थियो । उसो त आफू निर्दोष रहेको र पक्राउ गरे प्रतिवाद गर्नू भनेर उनले अघिल्लो महिना नै पोखरामा आयोजित एक कार्यक्रममार्फत कार्यकर्तालाई निर्देशन नै दिएका थिए ।

KFC Island Ad
NIC Asia

आइतबार पनि कास्की अदालतमा उनले कार्यकर्ता उत्तेजित गर्ने खालको अभिव्यक्ति दिँदै दोहोरो बोली बोलेका छन् ।

“मलाई न्याय अदालतले दिने छ, म त्यसमा निर्धक्क छु,” अदालत परिसरमा म्याद थपका लागि लगिएका लामिछानेले भने ।

KP-Sharma-Oli-1729421092.jpg
उनले त्यतिमात्रै भनेनन, सरकारविरुद्ध प्रदर्शन पनि नरोक्न आह्वान गरे । “यो सरकारविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरा लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ,” उनले भने ।

संसदीय छानबिन समितिले नाम नै किटेर कारबाहीको भागिदार रहेको र सूर्यदर्शन सहकारी पीडितले गत साल माघ २२ गते दिएको पूरक जाहेरीमा पनि रविको नाम प्रस्ट किटान गरिएको छ ।

तर, रविले अदालतमा पनि आफू निर्दोष रहेको र फसाइएको दाबी गर्न छाडेनन् । बरु प्रदर्शन चर्काउन उनले अनुनय गरिरहेका छन् ।

“यो अधिनायकवादी सरकारविरुद्ध चाहिँ यही बेलामा देशैभरिबाट जो जो, जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन, देशका लागि बाहिर निस्किनुपर्ने बेला आउन सक्छ । म सबै न्यायप्रेमी दाजुभाइ, दिदीबहिनीहरूमा अपिल गर्न चाहान्छु, यो सरकार रहँदासम्म यस्तै हर्कत गरिरहन्छ उसले । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छ, यो देश कहिल्यै पनि बन्दैन,” उनले भने ।

उनले पोखरेलीलाई घरघरबाट निस्केर सरकारविरुद्धको आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे । 

पोखराका १८ हजार ७५० सर्वसाधारणको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीको आरोप छ । यसअघि, नै पक्राउ परेका रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् भने छविलाल एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । जीबी फरार छन् । रवि शुक्रबार पक्राउ परेका हुन् ।

उनले कम्पनीको स्वेट सेयर (पसिनाको हिस्सा) भनेर ६५ करोड ५४ लाख सहकारीमा ल्याएर धमाधम चेक काटी खर्च गरेका थिए । सूर्यदर्शन सहकारी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा लामिछाने पक्राउ परेका हुन् ।

सूर्यदर्शन सहकारीमा १८ हजार ७५० बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले एक अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधीन छ । प्रतिवेदनमा एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९०८ रुपैयाँ सहकारीले ऋण लगानी गरेको उल्लेख छ । यसमध्ये ३० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको तमसुकसमेत छ ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैँले चेक काटेर खर्च गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

सोही ठगी प्रकरणमा समातिएका लामिछानेलाई आइतबार करिब तीन घण्टा अदालतमा थुनछेक बहसपछि उनीमाथि अनुसन्धान गर्न शुक्रबारदेखि लागु हुने गरी पहिलोपटकका लागि ६ दिन म्याद थप भएको छ ।

लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय सुशिल पन्त र नारायण घिमिरेले बहस गरे । बहसका क्रममा उनीहरूले रवि प्रबन्ध निर्देशकमा नियुक्त हुनुअघि नै सहकारीको रकम गोर्खा मिडियामा आएको जिकिर गरे । नियुक्त भइसकेपछि मात्रै एमडीको हैसियतमा चेक काटिएको र उक्त रकम कहाँबाट आएको भन्नेमा लामिछाने अनभिज्ञ रहेको दाबी उनीहरूले गरे ।

उनीहरूले यसअगाडि रविको संलग्नता नदेखिने, अहिले आएर संलग्नता जोडिनुमा नयाँ तथ्य के भेटियो भनेर प्रश्न समेत गरे ।

sarkar-1729404697.JPG
नयाँ प्रमाण खडा गर्ने, भएको प्रमाण नष्ट गर्ने तथा भागेर जाने अवस्था नभएका कारण पनि लामिछानेलाई बाहिरै बसेर मुद्दा लड्न दिनुपर्ने माग उनीहरूको थियो ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारीले सरकारी पक्षबाट बहस गरेका थिए । 

बहसमा उनीहरूले सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड ५८ लाख रुपैयाँ गएको र उक्त रकम प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेले नै खर्च गरेको बताए । त्यसबाहेक रविकै व्यक्तिगत खातामा एक करोड रुपैयाँ जम्मा भएको विवरण वित्तीय विश्लेषणमा देखिएको, संसदीय छानबिन समितिको विशेष प्रतिवेदनले पनि कारबाही सिफारिस गरेको हुँदा थुनामा नै राख्नुपर्ने जिकिर उनीहरूले गरे ।

थुनछेक बहसमा रविले भने संसदीय समितिमा नै भनेकादेखि सामाजिक सञ्जालमा लेखेकै विषय दोहोर्‍याउँदै आफूलाई फसाइएको दाबी गरे । उनले आफू निर्दोष रहेको र अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरे ।

बहस सकिसकेपछि जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद थप गर्ने निर्णय गरेको हो । बहस सकिएपछि आदेश आउनुअघि न्यायाधीश दाहालले लामिछानेसँग आफ्नो च्याम्बरमा एकल संवाद पनि गरेका थिए ।

उनीमाथि सहकारी ठगी र संगठित अपराधमा प्रहरीले अनुसन्धान गर्ने छ ।

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन !

कास्की प्रशासनले आइतबार ११ः४५ बजेदेखि लागु हुने गरी पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्‍यो । जबकि, शनिबार प्रशासनले रास्वपालाई सहिद चोक र सहकारी पीडितहरूलाई राष्ट्र बैंक चोकमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएको थियो ।

रास्वपाले १२ः३० बजे र सहकारी पीडितले ११ बजे प्रदर्शनको समय तोकेका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले निषेधाज्ञा जारी गर्नुअगावै प्रशासनकै गेट अगाडि रास्वपाका समर्थक जम्मा भइसकेका थिए । संवेदनशील क्षेत्रमा जम्मा भएर रास्वपाले सरकारविरुद्ध नाराबाजी सुरु गरिसक्दा निषेधाज्ञा जारी भएकै थिएन ।

सहकारी पीडितलाई भने प्रहरीले मुस्ताङचोकबाट अगाडि बढ्न दिएको थिएन । प्रदर्शनमा अन्य दलका व्यक्तिहरू पनि नदेखिएका भने होइनन् । मुस्ताङचोकमा रोकिएका सहकारी पीडितले राष्ट्र बैंक चोकसम्म पुगेर प्रदर्शन गरे ।

तर, सहिदचोकमा रास्वपाका कार्यकर्तामाथि पानीको फोहारा र अश्रुग्यास नै प्रयोग गर्नुपर्ने अवस्था आयो । केही व्यक्ति घाइते बने । पत्रकारमाथि नै रास्वपाका कार्यकर्ताहरूले हातपात गरे ।

ढिलो निषेधाज्ञा जारी हुँदा रास्वपाका कार्यकर्तालाई रोक्न सक्ने अवस्था रहेन । त्यसपछि प्रदर्शनस्थलमा सुरक्षाकर्मीको उपस्थितिलाई बाक्लो बनाइएको थियो । प्रहरीले सहिदचोकबाट रास्वपाका कार्यकर्तालाई उक्त ठाउँ छोड्न भनेको थियो भने सहकारी पीडितलाई राष्ट्र बैंक चोकमै रोकेको थियो । रास्वपाका कार्यकर्ताले नाराबाजी गर्दै ठाउँ नछाडेपछि प्रहरी र प्रदर्शनकारीबीच लामै समय धकेलाधकेल भएको थियो ।

दिउँसो साढे १ बजेको समयमा रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्‍याइयो । घुमाउरो बाटोबाट (लेकसाइड) हुँदै उनलाई अदालत पुर्‍याउँदा रास्वपाका केही कार्यकर्ता कडा सुरक्षाबीच पनि अदालतको गेटमा पुगेर नाराबाजी गरेका थिए ।

पछि रास्वपा नेताहरूले अदालत अगाडि नाराबाजी नगर्न भन्दै सम्झाएका थिए । रविलाई अदालत लैजानुअघि नै रविपत्नी निकिता र कानुन व्यवसायी अदालत छिरिसकेका थिए । पछि रास्वपाका उपसभापतिद्वयलगायत अन्य नेताहरू पनि अदालतमा छिरेका थिए ।

दिउँसो २ बजेको समयमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने निर्णय गर्‍यो । त्यसका लागि प्रहरीको वाटर क्यानल मगाइयो । निषेधित क्षेत्र छाड्न प्रहरीले प्रदर्शनकारीलाई माइकबाट भनिरहेको थियो । तर, उनीहरूले टेरेनन् ।

त्यसपछि प्रहरीले पानीको फोहोरा हानेर प्रदर्शनमाथि हस्तक्षेप गर्‍यो । त्यसक्रममा प्रदर्शनकारीहरू सडकमै ढल्न पुगे । तर, हटेनन् । यसैबीचमा एक बोतल प्रहरीको वाटर क्यानलतर्फ फालियो । घुसपैठ भयो भन्दै ती बोतल फाल्ने युवामाथि निर्घात कुटपिट पनि भयो ।

raswapa-1729404401.JPG
प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । अश्रुग्यास प्रहार गर्नेबेला रास्वपा उपसभापति स्वर्णीम वाग्लेलगायत नेताहरू मिडियालाई प्रतिक्रिया दिन लागिरहेका थिए । भिड घटेन । लाठीचार्ज गर्ने भन्दै माइकिङ पनि गर्‍यो प्रहरीले । तर, प्रदर्शनकारी हटेनन् । लाठीचार्ज पनि भएन ।

दिनभरको घटनाक्रम हेर्दा सयंमित सुरक्षाकर्मीमात्र भएनन्, प्रदर्शनकारी पनि निकै नै संयमसाथ रहे । प्रदर्शनस्थल केही तल जिल्ला अदालत कास्कीमा रविको बहस सकिसकेको अवस्था र पानी परेपछि चाहिँ माहोल शान्त बन्न पुग्यो ।

लामिछानेलाई अदालतले शुक्रबारदेखि लागु हुने गरी ६ दिनको म्याद थप गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro