site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रातारात जन्मेको पार्टीबाट देश र जनताको हित सम्भव हुँदैन : विप्लव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले रातारात जन्मेको कुनै पनि पार्टीबाट देश र जनताको हित सम्भव नहुने बताएका छन् । 

शनिबार चितवनमा आयोजित कार्यक्रममा विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि सम्भव नभएको बताए ।

"केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउजस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन् । कदापि सम्भव छैन," उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले देशमा आफूहरूले एकपटक जनताको सेवा गर्न पाउनुपर्ने पनि बताए । माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

"आजको दिनमा हामीले बुझ्ने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन । यो एकताबद्ध हुन्छ । यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौँ । तर २०६४ साल जन्मिन्छ नेपालमा । तर, उस्तै प्रकारले होइन । उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ," उनले भने ।

Royal Enfield Island Ad

 

यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ । हामीले भनेका छौं । नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौं । यहाँ अरु कसैले पनि गर्न सक्दैन । हाम्रो दावी छ । त्यसकारण यहाँ कुरा के छ भने एकचोटी एकतावद्ध हुने हो । एकतावद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन । हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन ।’

 

सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकतावद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro