site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि पक्राउको विरोधमा रास्वपाले गर्‍यो माइतीघरमा प्रदर्शन

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

राजनीतिक पूर्वाग्रहमा सभापति लामिछानेलाई पक्राउ गरिएको निष्कर्ष निकालेको रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले 'वर्तमान सरकार मुर्दावाद, सहकारी पिडितलाई न्याय दे, दोषीलाई च्याप्ने, निर्दोशलाई न्याक्ने, आई एम विथ रवि' लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस क्रममा रास्वपा नेता शिशिर खनालले पार्टी सभापतिलाई पक्रेर सरकारले घृणित राजनीतिक क्रियाकलाप गरेको आरोप लगाए । राज्यशक्तिको स्रोतको दोहन गर्नेहरूले डराएर रवि लामिछानेलाई गलत आरोप लगाएर जबरजस्ती पक्राउ गरेको उनको भनाइ छ ।

उनले सहकारी छानबिन समितिले नै लामिछानेलाई निर्दोष किटान गर्दा पनि पक्राउ गर्ने र वास्तविकरूपमा ठगी गर्ने अन्य दलका नेतालाई उन्मुक्ति दिने काम भएकाले सडक आन्दोलन गर्नुपरेको जिकिर गरे ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसलगत्तै रास्वपा आन्दोलित भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro