site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसरी पक्राउ परे रवि लामिछाने ? पोखरा जाने बेला के भने ?
SkywellSkywell

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठन गरिएको संसदीय छानबिन समितिको प्रतिवेदन र त्यसै प्रतिवेदनका आधारमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालकमध्येका एक पूर्व डीआईजी छविलाल जोशीको बयानका आधारमा रवि लामिछाने पक्राउ परेका छन् ।

रविलाई पक्राउ गर्न अनुमतिका लागि शुक्रबार कास्की प्रहरी जिल्ला अदालत पुगेको थियो । त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि अदालत पुगेका थिए । प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पक्राउ अनुमति मागेको थियो । जसलाई सदर गर्दै कास्की जिल्ला अदालतले यी दुई कसुरमा पक्राउको अनुमति दियो ।

यता काठमाडौंमा लामिछाने पार्टी केन्द्रीय कार्यालयमै थिए । पक्राउको तयारी गरिएको जानकारी पाएपछि रास्वपाका नेताहरू छलफलमा थिए । 

KFC Island Ad
NIC Asia

Police-1729265163.jpg
कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली रास्वपाको केन्द्रीय कार्यालय पुगेको थियो । छलफलमा रहेका रास्वपाका नेताहरूले प्रहरीसँग समन्वय पनि गरिरहेका थिए । उनीहरूले सुरक्षाकर्मीको टोलीलाई आफूहरूले कुनै पनि प्रकारको प्रतिवाद नगर्ने तर पार्टी सभापति लामिछानेलाई छोटो सम्बोधन गर्न दिनुपर्ने बताएका थिए । त्यसमा प्रहरी सहमत भएपछि रास्वपाका नेताहरूले सार्वजनिकरूपमै प्रहरीलाई कुनै प्रतिवाद नगर्न आह्वान गरेका थिए ।

त्यसैले हुनुपर्छ, रास्वपाको कार्यालयमा ठूलो संख्यामा समर्थक उपस्थित भए पनि प्रहरीलाई प्रतिवाद गरेनन् । लामिछाने पक्राउ पर्दा सरकारविरुद्ध नाराबाजी भने भएको थियो । उनलाई शुक्रबार नै स्थलमार्गबाट पोखरा लगिँदै छ ।

रवि लामिछाले सम्बोधनका क्रममा के भने ?

मैले भन्नुपर्ने कुरा केही पनि छैन । एउटा कुरा चाहिँ भन्न चाहन्छु, यदि उनीहरूले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला, तर हामीले कुनै पनि सम्झौता गरेनौँ ।

जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, त्यही दिन 'रविलाई जसरी पनि जेल कोच्छौँ चिन्ता नगर्नुस्' भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मसँग छ । तर, कुनै पनि चिन्ता छैन । व्यक्तिका रूपमा मैले पाउनुपर्ने भन्दा धेरै पाइसकेको छु । तर, अभियानका रूपमा जब देशले एउटा आशा र भरोसा देख्दै थियो त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ, त्यो प्रहारलाई हामी सामना गर्ने छौँ । म कुनै पनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर, यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न पनि म अपिल गर्न चाहन्छु ।

Rabi-Lamichhane-1729260521.jpg
म सम्मानित अदालतप्रति विश्वास गर्दछु । भन्न त यहाँ अदालत मिलाउँला तँलाई कहाँ छोडौँला र ? तँलाई चुनावी लड्न नसक्ने गरी र तेरो पार्टी नफुटाई छाड्दिनँ भन्ने प्रतिशोध साँधेर मान्छेहरू लागेका छन् भन्ने मलाई थाहा छ ।

तर, ती सबै चिजको सामना गर्ने साहस बोकेर हामी उभिएका छौँ । म व्यक्तिलाई साथ दिनुहोस् भनेर तपाईंहरूसँग अपिल गर्न चाहन्न । तर, अभियानका रूपमा नेपाली जनताले देखेको सपनालाई साथ दिनका लागि अनुरोध गर्न चाहन्छु ।

र, अन्तिममा यति मात्र भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू मैले कुनै पनि किसिमको अपराध गरेको छैन । अपराध नगर्दा पनि प्रतिवेदनले भन्दा पनि जुन राज्यले सम्पूर्ण शक्ति लगाएर जुन यो कार्य गरेको छ, यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास गरेको छु । तर, पनि न्यायिक प्रक्रियामा म सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिबद्ध भएको जानकारी गराउँछु । यहाँहरू सबैलाई राज्यले गरेको यो दादागिरीको डटेर सामना गर्नको निमित्त पनि आग्रह गर्न चाहन्छु ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro