site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसम अनुकूल भएपछि ६९० पर्यटक लुक्ला ओर्लिए
फाइल तस्बिर ।

सोलुखुम्बु । लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौं र रामेछापको मन्थली विमानस्थलमा रोकिएका ६९० पर्यटक ओर्लिएका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौंमा रोकिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका ‘एटीसी अफिसर’ विवश दाहालका अनुसार, आज मन्थलीमा रोकिएका ६०० र काठमाडौंमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा ३५० र जहाजमार्फत ३४० पर्यटक लुक्ला ओर्लिएको उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । गत आइतबार ९० उडानमार्फत ८०० पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्यांक छ । खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकहरू लुक्लाबाटै पदयात्रा सुरु गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो ।

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन । रासस

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro