site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खानेपानीमन्त्रीले गरे भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका–३१ स्थित भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आइतबार उनले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले खोलातटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुगेको थियो । भेडाहाखोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर र आसपासका बस्तीमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ ।

निरीक्षणका क्रममा स्थानीयले वर्षौँदेखि खोलाले कटान र बाढीको जोखिम रहेकाले समस्याको दीर्घकालीन समाधान गर्न तटबन्ध निर्माणका निम्ति आग्रह गरेका थिए ।

मन्त्री यादवले समस्याको दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो । त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु ।”

मन्त्री यादवसँगै पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत व्यक्ति पनि निरीक्षणमा पुगेका थिए । अन्सारीले यस क्षेत्रको समस्या समाधानका निम्ति स्थानीय निकाय र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro