काठमाडौं । नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुट समझौता भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारीलाई बिल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकलाई १० प्रतिशतले छुट हुनेछ ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले काठमाडौंस्थित नयाँबानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुरस्थित जावलाखेल, इमाडोल र काभ्रेपलाञ्चोकस्थित बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरुले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उपचार सेवाबाट लाभान्वित हुनेछन् ।