site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मार्जिन कल गर्ने तथा थप सुरक्षणसम्बन्धी 'प्रोडक्ट' पेपरमा स्पष्ट उल्लेख गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिने बैंकहरूलाई थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुल उपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने व्यवस्था थरेको छ ।

राष्ट्र बैंकले 'क', 'ख', 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन तथा परिमार्जन गरी थप व्यवस्था गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघिको व्यवस्थामा राष्ट्र बैंकले ‘इजाजतपत्र प्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ,’ भन्ने शब्द थप गरेको हो ।

यसअघि सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्ने व्यवस्था गरेको थियो ।

यसका साथै मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिने व्यवस्था यसअघिकै व्यवस्था हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro