अर्थ व्यवसाय

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले बाढी प्रभावितहरूलाई सहयोग पुर्याउन ‘सहायता सेवा’ सञ्चालनमा ल्याएको छ । ‘सहायता सेवा’ अन्तर्गत बाढी, पहिरोले क्षतिग्रस्त अवस्थामा बिग्रिएका उपकरणहरूको निःशुल्क मर्मत गर्ने कम्पनीले जनाएको छ ।
वारेन्टी रहेका उपकरणहरूको शतप्रतिशत निःशुल्क मर्मत तथा निःशुल्क स्पेयर्स पार्टस् उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बिग्रिएका उपकरणहरुका लागि कात्र्तिक ९ गतेसम्मको समय रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १६:४६
प्रतिक्रिया दिनुहोस्