site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुस र चीनबाट प्रशान्त महासागरमा संयुक्त नौसैनिक गस्ती
फाइल तस्बिर : एपी ।

मस्को । रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मंगलबार जनाएको छ । जहाजहरूले पनडुब्बीविरोधी रणनीतिको अभ्यास गर्न युद्धाभ्यास गरेर अघि बढेको बताइएको छ ।

दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेपछि यो गस्ती गरिएको हो । दुवै मित्रराष्ट्रबीच घनिष्ठ सम्बन्ध कायम हुँदा नाटोले बेइजिङलाई मस्कोको युक्रेन युद्धको ‘समर्थक’ भनेको छ ।

सेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीन रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा सहभागी हुने चीनले जनाएको थियो ।

जुलाईमा दुवै मुलुकले दक्षिणी चीनको ग्वाङडोङ प्रान्तको झानजियाङ सहर वरपरको जल र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

रुस र चीनले हालैका वर्षहरूमा सैन्य र आर्थिक सहयोग बढाएका छन् । दुवैले ‘पश्चिमी प्रभुत्व’विरुद्ध खासगरी विश्व मामिलामा अमेरिकी प्रभुत्व भनेर बुझ्ने विषयको विरोध गरिरहेका छन् ।

दुवै मुलुकले मस्कोले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्नु केही समयअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro