site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोपीडितलाई स्वीस सरकारको सहयोग

काठमाडौं । स्वीस सरकार विकास सहयोग (एसडीसी)को आर्थिक सहयोगमा हेल्भेटास नेपालले बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराएको छ ।

हेल्भेटासले विशेष गरी आफ्नो कार्यक्षेत्रका बाढीपहिरोबाट अत्यधिक प्रभावित स्थानमा राहत पुर्‍याइरहेको छ । प्रभावित क्षेत्रका स्थानीय सरकारसँग समन्वय गर्दै क्षतिको प्रारम्भिक मूल्यांकन पूरा गरेपछि राहत वितरणको प्रक्रिया थालिएको हो ।

वाग्मती प्रदेशको पनौती नगरपालिकामा ५०० घरधुरीलाई आवश्यक खाद्यसामग्री, भाँडाकुँडा, व्यक्तिगत सरसफाइका सामग्री जस्तै, साबुन, स्यानिटरी प्याड, ब्रस, पेस्ट, ओढ्ने–ओछ्याउने उपलब्ध गराइएको छ ।

त्यस्तै, कोसी प्रदेशको फिदिम नगरपालिकामा ९५ घरधुरीलाई खाद्यसामग्री, व्यक्तिगत सरसफाइका सामग्री, प्राथमिक उपचार किट र ३९० थान त्रिपाल वितरण गरिएको छ ।

कोसीकै फालेलुङ गाउँपालिकामा २९३ घरधुरीलाई खाद्यसामग्री र ४० घरधुरीलाई भाँडाकुँडा तथा सरसफाइका सामग्रीका साथै ५८६ थान त्रिपाल वितरण गरिएको हेल्भेटासले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro