site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिका भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए जानकारी 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । सोमबार राष्ट्रपतिको भवन शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत अधिकारी सहभागी थिए ।

प्रधानमन्त्री नेतृत्वको टोली राष्ट्रसंघको महासभामा भाग लिन यही असोज ४ गते अमेरिका गएको थियो । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । उनी असोज १४ गते स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro