राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङदेनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कारण मुलुक बन्न नसकेको टिप्पणी गरेका छन् । ठूला दलका नेताहरूले देश बिगारेको उनले जिकिर गरे ।
शनिबार झापामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समितिको अधिवेशनमा उनले ठूलो दलहरू सत्तास्वार्थका निम्ति मात्र मिल्ने गरेकाले मुलुक बन्न नसकेको बताए ।
राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्षभित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने उनले उल्लेख गरे । राजनीतिमा भ्रष्ट र बेइमानहरूको बिगबिगी रहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१ १८:३२
प्रतिक्रिया दिनुहोस्