site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुनै देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरूले कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री संघको घोषणा कार्यक्रममा उनले कुनै पनि देशले अरू मुलुकको सार्वभौमसत्तामाथि हमला गर्न नहुनेमा जोड दिए ।

उनले नेपालले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने बताए । विश्वका अरू देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो ।

देशको स्वाधीनताका पक्षमा सधैँ अडान लिने भन्दै उनले त्यसलाई अरू मुलुकले अन्यथा लिन नहुने बताए ।

देशको भूराजनीतिक अवस्थाले उत्पन्न संवेदनशीलता र चुनौती धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने, पञ्चशीलको मान्यता र संयुक्त राष्ट्रसंघको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रमका अरू सहभागीले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro