site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कृषि विकास बैंकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैंकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बीवाईडी) कम्पनीबाट ५१ लाख रकम हस्तान्तरण भएको हो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए । 

Royal Enfield Island Ad

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro