site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

बैठकमा बाढीपहिरोबाट बढी क्षतिग्रस्त भएका जिल्लालाई संकटग्रस्त क्षेत्र गर्ने विषयमा छलफल भए पनि प्रभावित स्थानीय तहलाई नै संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।

बैठकमा गएको असोज ११ र १२ गते परेको भारी वर्षा र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै राजमार्गमा देखिएका समस्या समाधानका लागि छलफल भएको थियो । हालैको बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्