site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्न थाले गाडी
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौंखण्डमा शुक्रबार (आज) बिहानदेखि यातायातका साधन सञ्चालन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा भारी वर्षा हुन सक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार, सडकमा कुनै किसिमको अवरोध नरहेकाले शुक्रबार बिहानदेखि यातायातका साधन पुनः सञ्चालन गरिएको हो । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन गरिएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी र वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

हेटौँडा–काठमाडौँ जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटेखण्डको गोल्पिङबेँसीमा ठूल्ठूला ढुंगासहित खसेको पहिरो पन्छाउन चार मेसिन प्रयोग गरेर काम भइरहेको छ । 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए ।

दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मीखोलादेखि पाखेलसम्म र पाखेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई  मेसिन चलाइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro