site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
अहिलेसम्मकै सबैभन्दा धेरै शो पाउने चलचित्र बन्यो ‘बेहुली फ्रम मेघौली’
SkywellSkywell

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै बढी शो पाएको छ । वितरक अशोक शर्माका अनुसार देशभरका हलमा ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिए । 

“नेपाली चलचित्र रिलिजको इतिहासमै यो चलचित्रले सबैभन्दा धेरै शो पाएको छ,” शर्माले बाह्रखरीसँग भने, “काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको छ ।” अहिलेसम्म ठूला ब्यानर ब्रान्डका सिनेमा रिलिज हुँदा पनि यति शो कुनै चलचित्रले नपाएको उनले बताए । 

KFC Island Ad
NIC Asia

‘बेहुली फ्रम मेघौली’का कलाकार तथा निर्माता निश्चल बस्नेतले फेस्टिभल मुड, पब्लिसिटी म्याटरको प्रभाव, सिनेमाका कन्टेनलगायतका कारण धेरै शो पाएको हुनसक्ने बताए । “प्रदर्शकले पनि दर्शकको इन्क्वारी, रिलिजअगाडिका कन्टेनलगायत केही न केही हेरेर शो दिने होला,” निश्चलले बाह्रखरीसँग भने, “मेकर र कलाकारका हिसावले सबैभन्दा धेरै शो पाएको सुन्दा खुसी लागेको छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् । 

चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ । सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिकाे उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी छ । 

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ । 

जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दैछन् । चलचित्र भाेलिबाट रिलिज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro