site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, वीपी राजमार्ग दसैँअघि नखुल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वीपी राजमार्गमा अलपत्र परेका सवारी साधनको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले सडक सञ्जाल विच्छेद हुँदा वीपी राजमार्गमा सयौँ सवारी साधन फसेको बताए । 

सवारी साधनका चालक र सहचालक समेत अलपत्र परेको भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताए । उनले वीपी राजमार्ग दसैँअगाडि खुलाउन नसकिने बताए । 

उनले देशभरको विपद्मा परेका नागरिकको उद्धारमा सरकार लागिरहेको जानकारी दिए । सडक विभागले काम गरिरहेको भन्दै उनले बिदामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरण लिएर काम गरिरहेका जानकारी दिए । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले अवरुद्ध रहेका पाँच राजमार्गमध्ये अरनिको राजमार्गअन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्गअन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथअन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्गअन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकाले आइतबारसम्म पूर्णरूपमा खुल्ने बताए । –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro