site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह माग गरिएको रिट प्रधानको इजलासमा

काठमाडौं । संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र अधिवक्ता श्यामकृष्ण मास्केले धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रहको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । 

संविधान जारी भएर कार्यान्वयनमा गएको नौ वर्ष पूरा भएर १० वर्ष लागिसक्दा पनि संविधानका विभिन्न धारामा धेरै तहमा असन्तुष्टी बढेको भन्दै रिट दायर गरेको अधिवक्ता डा. बस्नेतले जानकरी दिए । धर्मनिरपेक्षता र संघीयताको बारेमा समाज नै विभाजित भएको र संविधानमा नागरिक अपनत्व घटेको उनको तर्क छ ।

“अहिलेको गठबन्धन सरकारको मुल एजेन्डा नै संविधान संशोधन भएकाले संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह आवश्यक छ,” अधिवक्ता बस्नेतले भने, “पुनरावलोकन, संशोधन वा टालटुले नीतिले मात्रै समाधान दिनसक्ने अवस्था छैन । त्यसो गरे देश फेरि द्वन्द्वमा फस्न सक्ने अवस्था छ ।” 

उनले अन्य राष्ट्रहरूमा यस्ता विषयमा जनमत संग्रहबाट निर्णय हुने गरेको भन्दै यहाँ पनि लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि आफूहरूले जनमत संग्रह सम्बन्धी कानुन बनाउन माग गरेर सर्वोच्चबाट परमादेश माग गरेको बताए ।

“गम्भीर विषयमा जनतालाई नै निर्णय गर्न दिँदा मुलुकमा राजनीतिक स्थायित्वमा टेवा पुग्ने र जनताको निर्णयलाई सबैले मान्नु पर्ने हुनाले जनताले नै सोझै निर्णय गर्नका लागि मार्ग प्रशस्त गरियोस् भनेर हामीले न्यायलयको ढोका ढकढकाएका छौँ,” बस्नेतले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro