site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पाँच अर्बको डिलको विषयले ढिलाइ भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिको विषयमा पाँच अर्ब डिलको विषयले समस्या ल्याएको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी सरकारमा भएको तर निर्णय प्रक्रियामा नभएको समयमा आफूलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले बोर्ड अध्यक्ष हुनेबाट पाँच अर्ब लिन लागेको विषय पत्रिकामा लेखाएको बताए । यही विषयमा आफूले चासो देखाएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई छटपटी चलेको उनको भनाइ छ ।

त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन थिए । “हाम्रो पार्टी सरकारमा भए पनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । त्यति चाहिँ भनेको हो– तपाईंहरूले हरेक परिस्थितिलाई लाभ लिने अवसरका रूपमा प्रयोग नगर्नू । देशको अवस्था नाजुक छ, यसमा कमिसनखोरी गर्ने, कमिसन खाने, पैसा लिएर नियुक्ति, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा बढुवा, कमिसन लिएर ठेक्का दिने वा काम लिने जस्ता कुराहरू र कमिसनका भरमा खेलबाड हुने कुराहरूलाई यस्तो चल्दैन यो नगरौँ भनेको थिएँ,” उनले भने ।

“त्यो भनेपछि किन झस्किनुभयो ? भोलिपल्ट पाँच अर्ब खाने भयो भनेर पत्रिकालाई लेखाउनुभयो । यो छापेपछि मैले उहाँहरूलाई सोधेँ, यो के लेखाउनुभएको ? कसले मलाई पाँच अर्ब दिन्छ ? मैले भनेँ, म भ्रष्टाचार गर्ने मान्छे हैन । भ्रष्टाचार रोक्ने मान्छे हो,” ‌ओलीले थपे ।

उनले आफूलाई पत्यार नलागेको कुरा पनि बताएको जानकारी दिए । आफूले त्यस विषयमा चासो राखेपछि अर्थमन्त्री र प्रधानमन्त्री नै छटपटिएको पनि उनले बताए ।

“मैले उहाँहरूलाई के भने भने, यो तपाईंहरूले राम्रो गर्नु भएन । अर्काे कुरा त कर्मचारीले पाँच अर्ब कहाँबाट ल्याएर दिन्छ ? मलाई पत्यार त लागेको छैन । तर, तपाईंहरूले जे गर्दै हुनुहुन्छ, यो बन्द गर्नुहोस्,” उनले भने, “त्यसपछि उहाँहरू छटपटाउनुभयो । म यो राष्ट्रिय विपत्‌को बेला यसपट्टि धेरै जान चाहन्न ।” 

सर्वाेच्च अदालतले पहिलेकै अवस्थाबाट प्रक्रिया थाल्न भनेपछि अहिले बोर्डको अध्यक्ष छनोट प्रक्रिया अगाडि बढाइएको पनि प्रधानमन्त्री ओलीले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro