site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रज्ञामा पुस्तक प्रदर्शनी : दर्शनका पुस्तकमा पाठकको रुचि 

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही वैशाख १८ गतेसम्म आयोजना हुने गरी पुस्तक प्रदर्शनी थालेको छ । वैशाख २ देखि प्रतिष्ठानकै भानुभक्त कक्षमा प्रदर्शनी सुरु भएको हो ।
  
प्रदर्शनीमा राखिएका पुस्तक खरिद गर्नेहरूका लागि २० प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट दिइएको प्रतिष्ठानले जनाएको छ । उक्त प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ‘पेरी पोइएतिकेस’लगायत पुस्तकहरू राखिएको छ ।
 
बजार व्यवस्थापन शाखाकी अधिकारी सविना ज्ञवालीले बाह्रखरीसँग कुरा गर्दै प्रदर्शनीमा भाषा, साहित्य, कला संस्कृतिलगायत इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विशेष पुस्तकहरू राखिएको बताइन् ।
 
ज्ञवालीले भनिन्, “पुस्तक प्रदर्शनीमा आउने पाठकहरूको रुचि दर्शनका पुस्तकहरूप्रति विशेष रहेको मैले अनुभव गरेकी छु । त्यसबाहेक संस्कृति, इतिहास विषयक पुस्तकहरू पनि पाठकको रोजाइमा रहेको छ ।”

ज्ञवालीले अघिल्ला पुस्तक प्रदर्शनीमा पनि पाठकको रुचि इतिहास, दर्शन र संस्कृतिप्रति नै रहेको उल्लेख गर्दै पछिल्लो समय अनुसन्धानका लागि उपयोगी पुस्तकहरूको खोजी गरिँदै आइएको बताइन् । 

यसपटक पनि प्रदर्शनीमा राखिएका पुस्तकहरू विशेष छुटमा दिइएको उनले बताइन् । 

अघिल्ला प्रदर्शनीहरूमा साझा प्रकाशनले पनि आफ्नो स्टल राख्दै आएकोमा बिहीबारसम्म साझाको स्टल राखिएको थिएन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro