काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले हवाई यात्रामा गरिएको मूल्यवृद्धिलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार अनेरास्वयूका नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
उनीहरूले प्राकृतिक विपत्तिपछि हवाई सेवामा गरिएको चर्को मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । अन्यथा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
"हवाई भाडामा भएको मनपरी वृद्धिलाई तुरुन्त रोक लगाई यस्तो बेलामा गरिब, असाहय र विद्यार्थीका लागि निःशुक भाडा गर्न र आम नागरिकका लागि साविकै भाडा कायम गरी सहयोग गर्न हाम्रो संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सरकारको यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छ," उनीहरूले भनेका छन् ।