विदेश

काठमाडौं । चीनले दक्षिण कोरियाली कम्पनीलाई चीनबाट खरिद गरिएका दुर्लभ खनिजयुक्त उत्पादन अमेरिकी रक्षा कम्पनीहरूलाई नपठाउन आग्रह गरेको छ ।
कोरियाको इकोनोमिक डेलीले मंगलबार सरकार तथा कम्पनी स्रोतलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको रोयटर्सले जनाएको छ ।
चीनले पावर ट्रान्सफर्मर, ब्याट्री, डिस्प्ले, इलेक्ट्रिक वाहन, एयरोस्पेस र चिकित्सा उपकरण बनाउने कोरियाली कम्पनीलाई पत्रमार्फत दुर्लभ खनिजयुक्त उत्पादन अमेरिका नपठाउन आग्रह गर्दै सन्देश पठाएको थियो ।
दक्षिण कोरियाको उद्योग मन्त्रालयले बुधबार यो खबर पुष्टि गर्न चीन सरकार र दक्षिण कोरियाली कम्पनीसँग कुरा गरेर सूचनाको जाँच गरिरहेको बताएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १५:०९
प्रतिक्रिया दिनुहोस्