site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विपद्को मारमा चलचित्र ‘सानो संसार’, ‘आँखा’ र गीत ‘दाहिने हातैमा’

काठमाडौं । अविरल वर्षा र विपद्का कारण चलचित्र क्षेत्र पनि प्रभावित भएको छ ।  प्रदर्शनमा आएको ‘सानो संसार’ र ‘आँखा’ प्रभावित हुँदा ‘पूर्ण बहादुरको सारङ्गी’को गीत पनि ओझेलमा परेको छ ।  

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ओझेलमा परेको हो । अविरल वर्षा र विपद्का कारण ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो ‘दाहिने हातैमा’मा ओझेलमा परेको हो । 

पहिलो गीत ‘काँधेकुरी’ले राम्रो प्रतिकृया पाए पनि शनिबार सार्वजनिक भएको गीत भने वर्षाजन्य प्राकृतिक विपद्का घटनामा सबैको ध्यान केन्द्रित हुँदा ओझेलमा परेको हो । 

विपद्का कारण अर्जुन कुमार र माधव वाग्लेको निर्माणमा बनेको चलचित्र ‘सानो संसार’ प्रदर्शन स्थगित नै भयो । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र अविरल वर्षाका कारण दर्शक हलमा जान नसक्ने र विपद्को समयमा नैतिक रूपमा प्रचार पनि गर्न नसक्ने भन्दै शनिबारबाट प्रदर्शन स्थगित गरिएको थियो । 

sano-sansar-1727674730.JPG
यही विपद्को मारमा अर्को चलचित्र ‘आँखा’ पनि पर्यो । ‘सानो संसार’सँगै प्रदर्शनमा आएको चलचित्रले पनि वर्षा र यसले सिर्जना गरेको विपद्का कारण दर्शक गुमायो । याे चलचित्रले पनि अवस्था सहज भएपछि पुनः रिलिज गर्ने भन्दै अहिलेका लागि हलबाट सिनेमा उतारेकाे छ ।

461429317_7664053657029767_2407579648589468349_n-1727688074.jpg
 

‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । दिनरात गाउँगाउँ हिँडने गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ ।

गीतमा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । 

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro