काठमाडौं । अनलाइनबाट किनमेल गर्न सकिने इकमर्स प्लेटफर्म आइमार्ट सञ्चालनमा आएको छ । काठमाडौं मोडल कलेजमा एका कार्यक्रममार्फत आइमार्ट औपचारिकरूपमा सुरु गरिएको हो ।
आइडिया स्टुडियोको १०औँ वार्षिकोत्सवको अवसरमा १८४ सदस्यीय संस्थापक क्लबले आइमार्टलाई संस्थापक नेतृत्वको बजारको रूपमा घोषणा गरेको छ ।
कार्यक्रममा डा. छिरिङ लामाले आफूहरूको मौलिक नारा, ‘विचारबाट उद्योगसम्म,’ अब ‘उद्योगबाट बजारसम्म’ विस्तार भएको बताएका छन् ।
फाउन्डर्स क्लबकी अध्यक्ष सुरुची खड्काले आइमार्ट सञ्चालनमा आउन सफल भएको खुसी व्यक्त गरिन् ।
आइडिया स्टुडियोका कार्यकारी निर्देशक अनिल बस्नेतले आइमार्टले संस्थापकलाई ब्रान्ड निर्माण गर्न र उत्पादनहरू नेपाली बजारमा मात्र नभई विश्वव्यापी रूपमा बेच्ने अवसर प्रदान गर्ने बताए ।
आइडिया स्टुडियोले एक दशकदेखि आइडिया पिचिङ र इन्क्युबेटिङ कम्पनीहरूको सात सिजन सम्पन्न गरेको बताएको छ । यसबाट र्सिजित १३१ वटा उद्यम र पाँचहजार भन्दा बढी उत्पादन तथा ५०० भन्दा बढी सेवा आइमार्टमा उपलब्ध भएको बताइएको छ ।
अहिले आइमार्टनेपालडटसप वेबसाइट सुरु भएको र चाँडै एप पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।