site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दघाटमा बन्दै ट्रमा सेन्टर, स्वास्थ्यमन्त्री पौडेल र सांसद चौधरीले गरे शिलान्यास 

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद विनोद चौधरीले संयुक्तरूपमा ट्रमा सेन्टरको शिलान्यास गरेका हुन् ।

बाह्र करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण सुरु भएको सेन्टर डेढ बिघा बढी क्षेत्रफलमा बन्ने छ ।

१५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टीकृत सेवाहरू विस्तार गर्ने सोच आफूहरूको रहेको बताए । उनले प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरू विस्तार गर्ने प्रयास थालिएको बताए ।

Bardaghat-(3)-1727622656.jpg
क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायत उपचारहरूसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए । स्वास्थ्य बिमामा सुधार आफूहरूको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई पाँच लाख बराबरको स्वास्थ्य बिमा सुविधा दिन सकिने बताए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।

Bardaghat-(1)-1727622655.jpg
सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । १५ करोड बजेट लागतको बहुवर्षीयय ठेक्का अन्तर्गत एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro