site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कहाँ छ सरकार ? उपत्यकामै गुहार पाएनन् नागरिकले, दुर्घटनापछिमात्रै ब्युँझियो !
SkywellSkywell

काठमाडौं । सामान्य अवस्थामा नागरिकले आफ्नो समस्या आफैँ समाधान गर्छन् । त्यस्तो अवस्थामा सरकारको काम प्रशासनिक र व्यवसायिक सुरक्षा र सहजीकरण गरिदिँदा पूरा हुन्छ ।  तर, नागरिक आफ्नो तहबाट समाधान गर्न नसक्ने ‘असामान्य विपत्जन्य समस्या’मा पर्छन्, त्यस्तोबेला नै सरकार छ वा छैन भन्ने परीक्षण हुने हो । 

त्यस्तो परीक्षणमा दुर्गम क्षेत्रमा भएका घटनामा सरकारको उपस्थिति कमजोर भयो भने पनि उसलाई त्यसमा प्रयास गरेर पनि सफल नभएको भन्ने छुट हुन्छ ।  तर, जब राजधानीमै  विपद्मा परेका नागरिकले गुहार पाउँदैनन्, तब सरकारको क्षमतामाथि गम्भीर प्रश्न उठ्छन् । 

गत बिहीबारदेखि लगातार परेको वर्षाका कारण शनिबार राजधानी र आसपासमा विपत्ति पर्दा सरकारको उपस्थिति देखिएन । नागरिकले प्रश्न उठाए, ‘सरकार कहाँ छ ?’

Dabur Nepal
NIC Asia

मौसम पूर्वानुमान शाखाले बुधबार नै चेतावनीयुक्त सूचना जारी गरेको थियो । काठमाडौंमा अति भारी वर्षा हुने भएकाले नदी आसपासका क्षेत्र, पहिरोका जोखिम क्षेत्रमा सचेत रहन उसले चेतावनी सूचना जारी गरेको थियो ।

त्यस्तो सूचना नागरिकका लागि पनि भएकाले सुरक्षित रहन पहल गर्नु नागरिक कर्तव्य हुन आउँछ । तर, नागरिकले नसोचेको जोखिमबाट जब विपत् आउँछ, त्यस्तो बेला नागरिक सुरक्षा गर्ने दायित्व सरकारको हो । 

ललितपुरको नख्खु खोलामा बाढीले खतराको तह पार गरेर बस्ती बगाउन थालेपछि टहराको छतमा बसेर झन्डै डेढघण्टा गुहार माग्दा सरकारको अनुपस्थितिले चारजना बग्न पुगे । 

प्रहरीले डोरी दिएर आउन आह्वान गरे पनि लेदोसहित उर्लिएको खोलामा हाम फाल्ने अवस्था नहुँदा टहरासँगै उनीहरू बग्न पुगे ।

यसबारे गृहमन्त्री रमेश लेखकले हेलिकोप्टर उडाउन ‘भिजिविलिटी’ नपुगेको र स्थलगतरुपमा पुगेका सुरक्षाकर्मी आफैँ उद्धार खोज्ने अववस्थामा पुगेको स्पष्टीकरण दिएका छन् ।  शनिबार नै गृहमन्त्रालयमा बसेको केन्द्रीय विपद् व्यवस्थापन समितिको बैठकपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

“नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं,” लेखकलले भने “यसकाप्रति म दुःखी छु । हेलिकोप्टर उडाउन, रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन ।” 

उनले त्यसहबाहेक स्थलगलत उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरु आफैं उद्धारको खोजीमा लाग्नुपरेको पनि उनले बताएका छन् ।  गृहमन्त्री लेखकले भनेजस्तै बिहान भने ‘भिजिविलिटी’ नभएकै कारण नागरिक उड्ड्यन प्राधिकरणले उद्धारका लागि उडान अनुमति दिएको थिएन । 

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, शनिबार दिउँसो १ बजेपछि भने प्राधिकरणले उडान अनुमति दिएको थियो । 

अनुमतिपछि पनि मौसम पूर्णतः अनुकूल नभएकाले कुनै पनि निजी हेलिकोप्टर उड्न नसकेको उनले जानकारी दिए । 

“हामीले १ बजेपछि मात्रै उडानका अनुमति दिएका हाँै । तर, कुनै पनि कम्पनीले उडान गर्न सकेनन्,” भुलले बाह्रखरीसँग भने, “आज भने बिहानैदेखि काभ्रेको रोसी, लुक्ला र रेस्कु फ्लाइटहरु भइरहेको छ ।”

उनले चार्टर्ड फ्लाइटका लागि १० प्रतिशतमात्रै अनुमति दिएको भन्दै निजी क्षेत्रका सबै हेलिकोप्टर कम्पनीहरू उद्धारमै लागेको जानकारी दिए । निजी हेलिकोप्टर कम्पनीका एक संचालकले भने प्राधिकरण वा सरकारका तर्फबाट आग्रह हुँदा मात्र उद्धारमा खट्न सहज हुने बताए । 

सार्वजनिक दायित्व सम्झेर उडायो र कुनै समस्या आयो भने त्यसवेला प्राधिकरणले उल्टो कारबाहीको डण्डा चलाउने भएकाले पनि निजी क्षेत्र त्यस्तो बेला उठाउन र उद्धारमा खट्न प्रोत्साहित नहुने उनको भनाइ छ ।  

“शनिबर एक बजेअघि त उडाउन सक्ने अवस्था थिएन । न्युनतम एक हजार मिटर भिजिविलिटी हुँदा मात्र हेलिकोप्टर उडाउन सकिन्छ । शनिबार पानी पनि परिरहेको र अध्यारोसमेत हुँदा त्यसभन्दा कम भिजिविलिटी थियो,” पाइलटसमेत रहेका ती संचालकले बह्रखरीसँग भने, “शनिबार भिजिविलिटी सुधार आएपछि पनि पानी परिरहेकै थियो । यस्तोमा प्राधिकरण वा सरकारले उद्धारमा खट्न आग्रह गरिएको भए हामी निस्कन तयार थियौँ । तर, आफू खुसी निस्किएर कुनै दुर्घटना भयो भने प्राधिकरणले उल्टो एयरलाइन्समाथि कारबाही गर्छ ।”

उनले निजी क्षेत्र सार्वजनिक दायित्वबाट विमुख हुन नचाहने भन्दै नियम कानुनले नै निजी क्षेत्रलाई यस्तो बेला निरुत्साहित गर्ने गरेको बताए । 

हेलिकोप्टरमार्फत् गरिने उद्धारबाहेक स्थलगत रुपमा हुनसक्ने उद्धारमा पनि सरकार चुकेको देखिएको छ ।  राजधानी काठमाडौं जिल्लाको सिमाना नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोले यात्रु बोकेका सार्वजनिक सवारी नै पुरिए ।

शनिबार १४ जना र आइतबार यो समाचार तयार पार्दासम्म १३ शव निकालिएका छन् । 

ट्राफिक प्रहरी महाशाखाले मध्याह्नपछि पहिरो पन्छाएर सवारी सञ्चालन हुने जानकारी दिए पनि पहिरो पन्छाउने काम नसकिँदा मानवीय क्षतिको एकीन विवरण दिन सरकार असफल भएको छ । यसले विपद् व्यवस्थापनमा सरकारको क्षमतामा प्रश्न उठाएको छ । 

पूर्वगृहसचिव उमेश मैनाली विपद् व्यवस्थापनमा सरकार चुकिरहेको बताउँछन् । उनी विपद् भइसकेपछि प्रश्न उठ्नु स्वाभाविक भए पनि विपद्पूर्वका तयारीमा नेपालका सबै संयन्त्र असफल स्थापित भइसकेको उनको बुझाई छ । 

“विपदको पूर्व तयारीमा पनि सुधार हुन सकेन पहिले पनि यसमा समस्या रहँदै आएको थियो,” पूर्वगृहसचिव मैनालीले बाह्रखरीसँग भने, “यसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गृह प्रशासन कहिल्यै सचेत भएन ।” 
उनले अरुलाई दोष लगाउने काम आफूले नगरेको भन्दै आफ्नो समयमा पनि त्यसमा सुधार हुन नसकेको स्वीकार गरे । 

“मेरै पालामा पनि विपद्को पूर्वतयारी बलियो बनाउन नसकेको हो । अब यो घटना भयो । यसबाट पाठ सिक्नुपर्छ भन्ने मान्यता हाम्रा कुनै पनि संयन्त्रमा देखिँदैन,” मैनालीले भने, “अब उद्धार भन्यो, राहत भन्यो, क्षतिपूर्ति भन्यो अनि यो दुर्घटना नै बिर्सिने चलन छ ।” 

उनले ललितपरको नक्खुमा टहरामा चढेर लामो समय प्रतीक्षा गर्दा पनि उद्धार हुन नसकेको विषय सरकारमाथिको गम्भीर प्रश्न भएको बताए । त्यसबारे गृहमन्त्रीको स्पष्टीकरणमाथि जाँच हुनसक्ने उनको भनाइ छ ।

“नख्खुमा लामो समयसम्म सरकार नपुगेर मानिस बगेको घटना सरकारका लागि गम्भीर प्रश्न हो,” मैनालीले भने, “तर, गृहमन्त्रीले भिजिविलिटी नहुँदा हेलिकोप्टर उठाउन नसकेको र स्थलगत रुपमा सुरक्षाकर्मी पुगेर पनि आफँै संकटमा पर्दा उद्धार हुन नसकेको भन्नुभएको छ ।”

उनले हेलिकोप्टर उड्न नसकेको र सुररुक्षाकर्मी नै संकटमा परेको भनाइको जाँच नागरिकस्तरबाटै हुने बताए । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल प्रचण्डले विपद्मा परेका नागरिकको उद्धारमा सरकारको चरम उदासिनता देखिएको टिप्पणी गरेका छन् ।  प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेको भनेर दुःख व्यक्त गरेका छन् । 

उनले राजधानीमै उद्धारका लागि लामो समय प्रतीक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देखिनु जनताप्रति सरकारको चरम उदासीनता पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।  विपद्मा एक सयभन्दा बढीले ज्यान गुमाएका छन् भने धेरै जना बेपत्ता छन् । धेरै परिवार घरवारविहीन भएका छन् कति त अविभावकविहीन भएका छन् ।

यस्तो बेला नागरिकको नजिकमा नभएर उनीहरुको अनुभूतिमा सरकारको उपस्थिति आवश्यक हुन्छ । तर, यही बेला प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर छन् ।  उनले अमेरिकाबाट सामाजिक सञ्जालमा निर्देशन दिएर बसेका छन् ।

“म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु । यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडियामार्फत सुनिरहेको, हेरिरहेको छु,” प्रधानमन्त्रीले नेपालमा डुबान भइरहेको सयममा लेखेका थिए, “नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ । भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला । सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपत्कालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला ।” 

प्रधानमन्त्री अमेरिकामा हुँदा सरकारी निकाय आफैँ अलमलमा परेको देखियो । समस्या भइसकेपछिमात्रै कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बैठक बोलाएका थिए । त्यसले गर्दा पनि सरकारी संयन्त्र अलमलमा परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro