site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘गुन्यो चोलो (गुलाबी)को प्रदर्शन मिति सर्‍यो ?

काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनीत बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को प्रदर्शन मिति सरेको छ । चलचित्र अब कात्तिक ९ मा रिलिज नहुने भएको छ । 

बिहीबार चलचित्रकी निर्देशक समुन्द्र भट्टले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मिति स्थगित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, “हाम्रो चलचित्र गुन्यो चोलो विशेष तयारी गर्ने योजना भएकाले केही समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौँ । हामीलाई तपाईंहरूले दिनुभएको माया र साथप्रति निकै आभारी छौँ ।” 

रिलिज मिति कहिलेको लागि सरेको भन्नेबारे भने उनले अहिले खुलाएकी छैनन् । रिलिज मितिसँगै एउटा ठूलो खुसीको खबर पनि सार्वजनिक गर्ने उनले बताएकी छन् । 

‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को निर्माण टिमले केही समय अघि नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको थियो । नाजिरको उक्त ‘ट्रान्सवुमन लुक्स’ले चर्चा पाएको थियो । 

निर्देशक भट्टले र अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ । 

चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको सम्पूर्ण पोस्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको छ । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन् । ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् ।

चलचित्रमा आकाश बुढाथोकी र भिभन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro