राजनीति
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।
यसैबीच, प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि आज भेटवार्ता भएको छ ।
रासस
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ ०६:१५
प्रतिक्रिया दिनुहोस्