site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राइम कलेजले नेपालमा पहिलोपटक अमेरिकी सीपीए तयारी कार्यक्रम सञ्चालन गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्राइम कलेजले भारतको केपीएमजीसँग साझेदारी गरी नेपालमै पहिलोपटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम सुरु गर्ने भएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि भारतको केपीएमजीसँग कलेजले औपचारिक सम्झौता गरेको हो ।

यस सम्झौताबाट नेपाली वित्तीय पेसेवर तथा विद्यार्थीहरूलाई विश्वव्यापी मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्ने अवसर हुने भएको छ । उनीहरूका पेसागत सम्भावनाहरूको प्रवर्धन हुनुका साथै अन्तर्राष्ट्रिय वित्तीय बजारमा उनीहरूले राम्रो सफलता प्राप्त गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।

यो कोर्स पढ्न सीए र एसीसीएको शुल्कभन्दा सस्तो पर्ने बताइएको छ । यस कार्यक्रमको माध्यमबाट प्राइम कलेज र केपीएमजीले संयुक्त रूपमा नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सेवा क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने लक्ष्य राखेका छन् ।

अमेरिकी सीपीए एक अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हो । यो अमेरिका सम्बद्ध कम्पनीहरू वा बहुराष्ट्रिय संस्थाहरूमा काम गर्न चाहने वित्तीय पेसेवरहरूको लागि धेरै फाइदाजनक हुने हुँदा यसको मुख्य जोड अमेरिकी जनप्रिय लेखा मानकमा छ ।

यो कोर्स १२ देखि १८ महिनामा नै पूरा गर्न सक्दछन् । यो लेखा र वित्तमा करिअर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प रहने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro