site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
५० लाख घुस प्रकरण– दुई प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारका आरोपमा थुनामा परेका युवाका आफन्तसँग रकम लेनदेनमा प्रहरी सहायक हवल्दार र एक जवानको भूमिका शंकास्पद भएको निष्कर्ष निकाल्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

उपत्यका प्रहरी कार्यालयले क्रिप्टो कारोबारमा सोधपुछका लागि थुनामा राखेका युवा आशिष आचार्यको आफन्तबाट ५० लाख रुपैयाँ लिएर छाडेको घटनाको अनुसन्धान गर्न समिति बनाएको थियो ।

कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार, छानबिनका क्रममा परिसरको प्रविधि अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक हवल्दार गणेश खड्का र जवान साजन शर्माको भूमिका शंकास्पद रहेको खुलेको छ ।

Dabur Nepal
NIC Asia

कार्यालयकै प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले छानबिन गरी सोमबार प्रतिवेदन बुझाएको हो । केसीबाहेक काठमाडौं प्रहरी परिसरको टोलीलेसमेत अर्का एसपी नवराज अधिकारीको नेतृत्वमा पनि समिति बनाएको थियो ।

यद्यपि उनीहरुले रकम लिएकोबारे भने पुष्टि भएको छैन । एसएपी घिमिरेले भने, ‘‘खड्का र शर्माको भूमिका केही शंकास्पद देखिएको छ । रकम उनीहरुले ठ्याक्कै लिएको देखिएको त छैन । तर, प्रविधिको विश्लेषण गर्दा उनीहरुको कमजोरी देखिन्छ ।’’

सोमबार एआईजी किरण बज्राचार्यलाई बुझाएको प्रतिवेदनको आधारमा आवश्यक कारबाहीका लागि मंगलबार काठमाडौं प्रहरी परिसरलाई पठाउने तयारी भएको जानकारी एसएसपी घिमिरेले दिए ।

क्रिप्टो कारोबारको आशंकामा पक्राउ परेका युवाका दिदीले आशिषकै साथी भक्तपुरका तेजबहादुर तामाङलाई ५० लाख रुपैयाँ काठमाडौंको महाबौद्धमा बुझाएको खुलेको छ । तामाङले ३५ लाख रुपैयाँ आफ्नै बैंक खातामा राखेको पनि खुलेको छ । बाँकी १५ लाख रुपैयाँ भने के गरे त्यो खुलेको छैन ।

उक्त घटनाको छानबिन गर्न छुट्टाछुट्टै कार्यालयबाट समिति गठन भएको थियो । दुई समिति आवश्यक नदेखिएपछि एसपी अधिकारी नेतृत्वको समितिले छानबिन रोकेको थियो । एसपी केसी नेतृत्वको समितिले प्रतिवेदन उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बज्राचार्यलाई बुझाएको हो ।

आशिष आचार्य र तेजबहादुर तामाङ दुवै क्यानाडामा सँगै बस्ने रुम पार्टनर हुन् । उनीहरु दुवै जना केही समय पहिलामात्रै नेपाल आएका थिए ।

नेपालमा बस्दा तेजबहादुर तामाङकै सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले भदौ २१ शुक्रबारका दिन आशिषलाई अनामनगरबाट पक्राउ गरी सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली लगेको थियो । तेजबहादुर र सहायक प्रहरी हवल्दार गणेश खड्का पहिलादेखि नै चिनजानका साथी हुन् ।

आशिषलाई दुई दिनसम्म मुद्दा नचलाई थुनामा राखेका थिए । आशिषका दिदीले ५० लाख रुपैयाँ तेजबहादुर तामाङलाई बुझाएपछि मात्रै छुटेका थिए । घटना लगत्तै आशिष र तेजबहादुर दुवै क्यानाडा फर्किएपछि प्रहरीले थप अनुसन्धान गर्न सकेन ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro