site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...अनि दिदीबाट खुल्यो ५० लाख बुझाएको रहस्य, दुईवटा समितिले थाल्दैछन् छानबिन 

काठमााडौं । क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्राउ परेका व्यक्तिबाट ५० लाख रुपैयाँ असुलेको आशंकामा काठमाडौं प्रहरी परिसरले छानबिन गर्न समिति बनाएको छ । 

परिसरका उपरीक्षक (एसपी) नवराज अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको हो ।

समितिमा एसपी अधिकारीसहित कार्यालयकै डीसएसपी प्रल्हाद कार्की र दुईजना प्रहरी निरीक्षक छन् । गएको शुक्रबार काठमाडौं प्रहरीको टोलीले क्यानडाबाट नेपाल फर्किएका एक युवालाई अनामनगरबाट सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली ल्याएको थियो ।

उनीमाथि नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी कारोबार गरेको सूचना प्रहरीले पाएको थियो । त्यहीक्रममा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको परिसरले जनाएको थियो ।

प्रहरीले शुक्रबार उनको मोबाइल नियन्त्रणमा राखेर अनुसन्धान ग¥यो । नियन्त्रणमा लिएका युवालाई थुनामा राख्यो । प्रहरीले सोधपुछका लागि आरोपीलाई २४ घण्टा थुनामा राख्ने कानुनी व्यवस्था छ ।

शुक्रबार साँझ पक्राउ गरेका युवालाई शनिबार परिसरकै थुनामा राख्यो । आइतबार उनीमाथि अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्नुपर्ने हुन्थ्यो । तर, आइतबार भने प्रहरीले ती युवालाई उनकै दिदीको जिम्मा जमानीमा छाड्यो ।

ती युवालाई जिम्मा लगाउँदा परिसरका एक अधिकारीले भनेका थिए, ‘‘हामीले तपाईंको मान्छेलाई ‘गुड फेथ’का कारण छाडेका छौँ । तपाईं पनि क्रिप्टोको काम गर्नु हुन्छ भने त्यस्तो नगर्नु होला ।’’

आमा बिरामी भएर क्यानडाबाट फर्किएका युवालाई प्रहरीको झमेलामा पर्नुभन्दा जतिसक्दो चाँडो क्यानडा फर्किनुपर्ने थियो । त्यहीकारण उनकी दिदीसँग ती प्रहरी अधिकारीले ‘गुड फेथ’को कुरा गर्दा आफूले बिचौलियालाई बुझाएको ५० लाखको कुरा नै गरेनन् ।

तर, भोलि थप कुरा गर्ने भन्दै भाइलाई आफ्नो जिम्मा लिएर गइन् । त्यसपछि ती युवा मंगलबार क्यानडा हानिए ।

अनि खुल्यो ५० तिरेको रहस्य

पक्राउ परेका दिदीले भाइ नेपालमै हुँदा आफूले तिरेको ५० लाख रुपैयाँबारे प्रहरीलाई जानकारी गराउँदा भाइको क्यानडा यात्रा अनिश्चित हुने भय थियो ।

तर, भाइ उडेपछि उनी आफैँ काठमाडौं प्रहरी कार्यालय पुगिन् । अनि आइतबार भाइ बुझ्दा प्रहरी अधिकारीको ‘गुड फेथ’बारे प्रतिक्रिया दिँदै भनिन्, ‘‘सर, तपाईंले मेरो भाइ छाड्दा ‘गुड फेथ’ भन्नु भएको थियो । तर, प्रहरीलाई पैसा बुझाएर छाड्नुपर्छ नत्र तपाईंलाई समेत पक्राउ गर्न सक्छ भन्दै भाइकै साथीले ५० लाख लियो, त्यो पैसा कसले खायो ?’’

पक्राउ परेका युवाका दिदीको गुनासोपछि काठमाडौं प्रहरीले आन्तरिक छानबिन थाल्यो । 
छानबिनका क्रममा पक्राउ परेका युवाका दिदीबाट प्रहरीलाई बुझाउनुपर्छ भन्दै ५० लाख रुपैयाँ लिने बिचौलीया र साइबर अपराध मुद्दा फाँटका सहायक हवल्दार गणेश खड्काको ‘कनेक्सन’ देखिएपछि प्रहरीले तिनलाई नियन्त्रणमा राखेर अनुसन्धान थालेको छ ।

प्रहरी अधिकारीका अनुसार, बिचौलियासमेत प्रहरीले क्रिप्टोकारोबारीको आशंकामा पक्राउ गरेका युवाका निकट साथीमात्रै होइनन्, क्यानडा बस्दाका रुम पार्टनर समेत हुन् ।

आचश्र्यको कुरा त प्रहरीलाई क्रिप्टोबारे सूचना दिने समेत तिनै बिचौलिया भएको खुलेको छ । 

प्रहरी अधिकारीका अनुसार, पक्राउ परेका युवाको दिदीले ५० लाख रुपैयाँ दिएको खुलेपछि त्यो रकम प्रहरीसम्म पुग्यो कि पुगेन भन्नेबारे खुलेको छैन । बिचौलियासमेत नेपाल छाडेर भागिसकेको सूचना प्रहरीले पाएको छ ।

परिसरका एसपी एवम् छानबिन समितिका प्रमुख नवराज अधिकारीले प्रहरीको भूमिकाबारे छानबिन गर्न आजमात्रै समिति बनेका कारण अनुसन्धानकै क्रममा रहेको जानकारी दिए । 

रानीपोखरीको छुट्टै समिति
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अर्को छुट्टै छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकै प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्रार्चायले एसपीको नेतृत्वमा समिति बनेको बाह्रखरीलाई जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro