site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकी करिडोर अवरुद्ध, पहिरो रोकिएन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुल्मी । कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार (असार ७) पनि बन्द नै रह्यो । शुक्रबार (असार ६)देखि करिडोर अवरुद्ध छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । 

पहिरो नरोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले बताए । “सडकमाथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ । हामीले यात्रुहरूलाई वैैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,” प्रहरी नायब उपरीक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको बताए ।

पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी सञ्चालनमा ल्याइएको छ । उक्त सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–७, सिस्नेभीरमा सडकमाथिबाट खसेको पहिरोको केही भाग हटाइएपछि बाटो आंशिक रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्