देश

काठमाडौं । चितवनमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरू छन् ।
तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असार ६) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ३३ हजार ९६० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ७, २०८२ १९:३३
प्रतिक्रिया दिनुहोस्