देश

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टा बसपार्कबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगढीका ३५ वर्षीय जयप्रकाशकुमार पाठक छन् ।
म्याग्जिनसहितको एयर पेस्तोल एकथान, एयर बुलेट पाँच राउन्ड र खुकुरी दुईथानसहित शुक्रबार (असार ६) बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनी डब्ल्यूबी ७० जी ३२३२ नम्बरको कारमा सवार थिए । जाँचका क्रममा कारको सिटमुनि लुकाइराखेको उक्त पेस्तोल फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ७, २०८२ १७:२१
प्रतिक्रिया दिनुहोस्