site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको फराकिलो जितमा चन्द्राको ह्याट्रिक 

काठमाडौं । चन्द्रा भण्डारीको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ८–० को सहज जित निकालेको छ । 

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आर्मीलाई जित दिलाउन चन्द्राले ह्याट्रिक गर्दा विमला विक र अमिषा कार्कीले समान दुई गोल गरे । आर्मीले अर्को एक गोल भने वालिङबाट आत्मघाती भएको थियो । 

खेलको ३८औँ मिनेटमा विमलको गोलमा आर्मीले अग्रता बनाएको थियो । ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । त्यसको दुई मिनेटपछि वालिङकी विदेशी खेलाडी फातुमाह नाकासुम्बाबाट आत्मघाती गोल हुँदा आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । 

५४औँ मिनेटमा चन्द्राले दोस्रो गोल गर्दा आर्मीले अग्रता ४–० मा पुर्‍यायो । ६१औँ मिनेटमा अमिषाले आर्मीका लागि पाँचौँ गोल गरिन् । त्यसको १० मिनेटपछि अमिषाले नै टिमका लागि छैटौँ गोल गरिन् । ७३औँ मिनेटमा चन्द्राले ह्याट्रिक गर्दा आर्मीले अग्रतालाई ७–० मा लम्ब्याएको थियो ।

यस्तै, निर्धारित समयको अन्तिम मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ८–० को सहज जित निश्चित गरेको हो । जितसँगै आठ खेलबाट १९ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा यथावत् छ । समान खेल खेलेको वालिङको १२ अंकसहित चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro