site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई भव्य स्वागत

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली स्वदेश फर्किएको छ । उपाधिसहित स्वदेश फर्किएको टिमलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो । 

माल्दिभ्समा भएको प्रतियोगिताको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । शुक्रबारसम्म चलेको प्रतियोगितामा नेपालसँगै, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका कुल ६ क्लबले सहभागिता जनाएका थिए । 

अपराजित रहँदै च्याम्पियन बनेको पुलिसले लिग चरणमा हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा हराएको थियो । यस्तै, माल्दिभ्सको वाम्को क्लबलाई ३–२ तथा माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

गत चैत्रमा सम्पन्न आठौँ एनभीए महिला भलिबल लिग विजेताको हैसियतमा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो । नेपालबाट कुनै पनि भलिबल क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो पहिलोपटक हो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro