site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंकलाई भिसा इन्टरनेसनलले गर्‍यो दुई विधामा सम्मान

काठमाडौं । कुमारी बैंकले यही असोज ४ गते ‘लिडरसिप कन्केल्भ नेपाल २०२४’ आयोजना गरेको छ । कुमारी बैंक भिसा इन्टरनेसनलले लिडरसिप कन्केल्भ नेपाल २०२४ आयोजना गरेको हो । उक्त अवसरमा कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर्स क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अर्वाडद्वारा सम्मानित भएको छ ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आउँदा दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । आउँदा दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्य गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro