
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (असार १) झिनो अंकले बढेर बन्द भएको छ । परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन कारोबार रकम घटेको छ । ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको बिहीबार १२ अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
९० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । पियोर इनर्जी, छ्याङ्दी हाइड्रोपावर, वरुण हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा विकास बैंक, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूह छन् ।