site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 कुमार रम्तेलको बयान– कृत्रिम ऋण खडा गरी ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने नै हुन् 
SkywellSkywell

काठमाडौं । कुमार रम्तेलले सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट आफ्नो नाममा करिब एक करोड ९० लाख रुपैयाँको कृत्रिम ऋण खडा गरी करिब ७ लाख किस्ता तिरिएको ऋणी पूर्वगृहमन्त्री रवि लामिछाने नै भएको बयान दिएका छन् । 

सहकारी छानबिन विशेष समितिको प्रतिवेदनमा रम्तेलले उक्त ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्ककको खातामा गएको बताएका छन् ।
 
“सूर्यदर्शनबाट भएको कारोबारबारे मलाई जानकारी भएन । तर, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करिब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करिब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करिब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो,” उनले बयानमा भनेका छन्, “ऋणी रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्रि एवम् प्रतिनिधिसभाका सदस्य र किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पूर्वप्रहरी नायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकिन छु । सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ ।”
 
समितिले रवि लामिछानेको सूर्यदर्शन, पोखरामा सृजना चोक कास्की र सुप्रिम, बुटवलमा बुटवल ठेगाना राखि पहिचान खुल्ने आवश्यक कागजात र प्रक्रिया पूरा नभएको अवस्था रहेकोमा कुन आधारमा लामिछाने भएको एकिन गरेको भन्ने प्रश्नमा उनले आफ्नो नाममा खडा गरिएको कृतिम ऋणबाट गोर्खा मिडियामा जानुले सो कुरा पुष्टि भएको दाबी गरेका हुन् ।
 
“मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो । मैले चिनेको रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्कको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु,” बयानमा भनिएको छ, “तर रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न सक्दिनँ । रवि लामिछाने उहाँको पर्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभए पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ ।”

Dabur Nepal
NIC Asia

459429800_1708312799947633_4905950931897080871_n-1726820802.png

454766609_836675315280903_4674720942340541229_n-1726820802.png

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu