site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा बोर्डका अध्यक्षको राजीनामा बुझेनन् स्वास्थ्यमन्त्रीले
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्षले बुझाएको राजीनामापत्र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नबुझेपछि मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरिएको छ । भदौ २८ गते बोर्ड अध्यक्ष डा. गुणराज लोहनीले राजीनामापत्र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयमा बुझाएका थिए ।

उक्त दिन बोर्डकै कार्यक्रममा मन्त्रालयबाहिर रहेका मन्त्री पौडेलले फर्किएपछि पनि राजीनामापत्र नबुझेको मन्त्रालयले जनाएको छ ।

“सम्बन्धित व्यक्तिले मन्त्रीज्यूलाई बुझाउनुभएको होइन । सचिवालयमा छोडेर जानुभएको हो । उहाँँलाई नदिएको भएर मन्त्रीज्यूले पत्र बुझ्नु भएन,” मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाह्रखरीसित भने ।

तर, मन्त्रालयले राजीनामापत्र मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया भने अघि बढाएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । उनका अनुसार राजीनामापत्र बुझाएयता डा. लोहनी मन्त्रालय गएका छैनन् ।

आफ्नो फेसबुकमा ‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि...’ भन्दै राजीनामा दिएका अध्यक्ष लोहनीले यसको कारणबारे केही बोलेका छैनन् ।

२०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा. लोहनीको कार्यकाल अझै तीन वर्ष २ महिना बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro