site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपराह्न १२ बजेदेखि ट्यालेन्ट हन्ट सुरु हुनेछ । 

क्लबका मुख्य प्रशिक्षक उत्सव खड्कालगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रमबाट एकजना उत्कृष्ट खेलाडी छनोट गर्नेछ । छनोट हुने खेलाडीले आगामी असोज १४ गते देखि १९ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ । 

Dabur Nepal
NIC Asia

कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्रै ट्यालेन्ट हन्टमा सहभागी हुनु योग्य हुनेछ ।

ईडब्लूभीएलको नियमावली अनुसार सहभागी टोलीमा १२ खेलाडी समावेश हुनेछन् । जसमध्ये ८ जना आयोजकले ड्राफ्टमार्फत हरेक टोलीलाई उपलब्ध गराएको छ । तीन विदेशी र एक ट्यालेन्ट हन्टमार्फत छनोट गर्नु पर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro