site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

काठमाडौं । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रमको गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट होटेलमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा ओमान सरकारका अर्थव्यवस्था मन्त्री डा. साइद बिन मोहमद बिन आहमद अल सक्री सहभागी भएका थिए । 

कार्यक्रममा ओमानको स्टेट काउन्सिल र शुरा काउन्सिलबाट दुईदुईजना तथा परराष्ट्र मन्त्रालयका एसिया–प्यासिफिक विभाग र अरब विभागका प्रमुखहरूको सहभागिता थियो । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख एवं कूटनीतिज्ञ, सञ्चारकर्मी, पर्यटन तथा उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधि, राजदूतावासका कर्मचारीसहित २३० भन्दा बढीको सहभागिता रहेको थियो ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले अतिथिहरूलाई स्वागत गर्दै संविधानका मुख्य विशेषतामाथि प्रकाश पारेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

“नेपालको संविधानले शान्ति, स्थायित्व, आर्थिक एवम् सामाजिक विकासका लागि मार्ग प्रशस्त गर्नुका साथै समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गरी राज्यका हरेक अंगमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ,” राजदूत अर्यालले भने ।

राजदूत अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र ओमानबीच सौहार्दता, मित्रता र आपसी विश्वासमा आधारित उत्कृष्ट सम्बन्ध रहेको बताए । सम्बोधनका क्रममा उनले दुई देशबीच यसवर्ष भएका महत्वपूर्ण औपचारिक भ्रमणहरूको बारेमा पनि जानकारी गराएका थिए ।

राजदूत अर्यालले नेपालमा रहेको जलविद्युत् सम्भाव्यता, लगानीको सम्भावना, पर्यटकीय आकर्षणलगायत नेपाल सरकारले अवलम्बन गरेको उदारवादी नीतिमाथि जोड दिएका थिए । 
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro