
मुस्ताङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४, भ्रप्सोस्थित पेरिसडाँडामा निर्माण गरिने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले भवनको शिलान्यास गरेका हुन् ।
६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका इन्चार्ज धीरेन्द्र विकले जानकारी दिए ।
त्यस अवसरमा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि संगठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै, उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता–कार्यकर्तालाई निर्देशन दिए । रासस