site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सान सिरोमै लिभरपुलसँग निराश मिलान, रियालको सहज जित

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा इटालियन क्लब एसी मिलानलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाएको छ ।

मंगलबार राति सान सिरोमा भएको खेलमा पाहुना टिम लिभरपुलाई जित दिलाउन इब्राहिम कोनाटे, भर्जिल भान डाइक र डोमिनिक सुबोस्लाईले समान एक गोल थपे । घरेलु टिमका क्रिस्टियन पुलिसिचले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको तेस्रो मिनेटमा नै पुलिसिचले गोल गर्दै मिलानलाई अग्रतामा राखेका थिए । तर, मिलानको यो अग्रता लामो समय टिक्न सकेन । २३औँ मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । ४१औँ मिनेटमा भान डाइकले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

यस्तै, ६७औँ मिनेटमा सुबोस्लाईले गोल गर्दै लिभरपुलको अग्रतालाई ३–१ मा राखे । यसपछि दुवै टिमबाट गोल नहुँदा लिभरपुलले ३–१ को जितसहित तीन अंक सुनिश्चित गरेको हो ।

जितसँगै तीन अंक जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोरेको मिलान तालिकाको ३३औँ स्थानमा छ । 

मंगलबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियाल मड्रिडले भीएफबी स्टुटगार्डविरुद्ध ३–१ को जित निकालेको छ । 

घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई जित दिलाउन किलियन एमबाप्पे, एन्टोनियो रुडिडर र एन्ड्रिकले गोल गरे । पाहुना टिमका डेनिज उन्डभले गोल फर्काएका थिए । 

जितसँगै तीन अंक जोडेको रियाल तालिकाको पाँचौ स्थानमा छ । पराजित स्टुटगार्ड भने तालिकाको ३२औँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro